भारतीय राजदूतले सबैभन्दा पहिले एमाले अध्यक्ष ओलीसँग भेटे



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आज नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन र जनतालाई अधिकार दिलाउन आफूहरु लागिपरेको बताएका थिए ।

राजदूत पुरीले आइतबार मात्रै राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए।


क्लिकमान्डु