तेस्रो अन्तराष्ट्रिय पुष्प मेला चैत १७ देखि




काठमाडौं । तेस्रो अन्तराष्ट्रिय पुष्प व्यवसाय मेला चैत १७ देखि सुरु हुने भएको छ । कृषि बिकास मन्त्रालयको सहयोग र फ्लोरिकल्चर एशोसिएनको आयोजनामा हुन लागेको मेला काठमाडौंको भृकुटीमण्डपमा चैत २० सम्म चल्ने छ ।
मेलामा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, चीन, र दक्षिण कोरियालगायत देशबाट सहभागी हुने छन् ।

मेला संयोजक दिलिप बादेले मेलामा अन्तराट्रिय स्टल २८ वटा गरी कुल ९९ वटा स्टल रहने जानकारी दिए ।

मेलामा ४ सय ५० भन्दा बढी प्रकारका मौसमी फूलहरु हने छन् । कट् फ्लावर , ड्राइफ्लावर , सुनखरी , फूलको गानो , विउ विजन , कृषि औजार लगाएत जैविक तथा रासायनिक विषादी प्रदशनी गरिने छ ।

प्रविधिहरु पुष्प क्षेत्रलाई मात्र नभएर सम्पुर्ण व्यवसायिक कृषि लागि पनि धेरै उपयोगि रहने आयोजक फ्लोरिकल्चर एशोसियनले जनाएको छ ।

 


क्लिकमान्डु