काडमाडौंबाट उड्न खोज्दा अरेवियाको जहाजमा चरा ठोक्कियो




काठमाडौं । काठमाडौंबाट सरजाहको लागि उड्न लाग्दा एयर अरेवियाको विमानमा चरा ठोक्किएको छ । गत शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर अरेवियाको विमान चरा ठोक्किएपनि ठूलो दुर्घटना हुनबाट बचेको छ । विमान त्यसपछि लखनउ लगिएको थियो ।

१ सय ८२ यात्रु बोकेर काठमाडौंबाट सरजाहको लागि उड्न लागेको एयर अरेवियाको जि९५२ एयरबसमा चरा ठोक्किएपनि विमानमा कुनै क्षती भने भएन । विमानमा रहेका यात्रुलाई लखनउ लगेर एअर अरेवियाले होटलमा राखेको जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिष्य विमानस्थलमा चराले गर्दा विमान उठ्न र अवतरण गर्दा यस्तै समस्या हुने गरेका छन् ।


क्लिकमान्डु