कांग्रेसको कार्यसम्पादन समिति गठन




काठमाडौं । महाधिवेशन भएको एकवर्षपछि नेपाली कांग्रेसले कार्यसम्पादन समिति गठन गरेको छ । आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकले २९ सदस्य कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले राखेको कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।

केन्द्रीय कार्य समितिले मनोनय गर्न पाउने २२ जना सदस्यमा पार्टीको वरियताक्रम अनुसार १ देखी २२ नम्बर सम्मका सदस्यलाई कार्यसम्पादन समितिका सदस्य बनाइएको छ ।

को भए कार्यसम्पादन समिति सदस्य

सभापति शेरबहादुर देउवा, दोस्रो वरियताका नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव पदेन सदस्य हुनेछन् । मनोनित हुन बाँकी उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि पदेन सदस्य हुनेछन् ।

प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा। रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरि, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा। नारायण खड्का, डा। मीनेन्द्र रिजाल, डा। प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा समिति सदस्य बनेका छन् ।


क्लिकमान्डु