सासंदले भने असोजममा मेलम्चीको पानी काठमाडौं आउँदैन




काठमाडौं । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा मेलम्चीको पानी असोजमा काठमाडौँमा आउन नसक्ने चिन्ता प्रकट भएको छ ।

सांसद मोहनबहादुर बस्नेतले मेलम्चीको मुहानस्थलमा हेडवक्र्सको काम अघि नबढेकाले असोजमा मेलम्चीको पानी काठमाडौँमा नआउने र सो आयोजनाका कामका विषयमा आगामी बैठकमा छलफल गरिनुपर्ने माग गरे ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलसम्म २७।५८ किमी सुरुङ निर्माण गर्नुपर्नेमा हालसम्म २३।२३ किमी सम्पन्न भएको छ । बाँकी साढे चार किमी सुरुङ निर्माण सकी विसं २०७४ असोज मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने सरकारको लक्ष्य छ ।


क्लिकमान्डु