सिटिजन्सको हकप्रद २४ चैतमा



काठमाडौं । सिटिजन्स बैंकको हकप्रद सेयर २४ चैतबाट विक्री गर्ने भएको छ । २५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको बैंकले जानकारी दिएको छ ।

बैंकले १ करोड ३८ लाख ४३ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सेयरधनीहरुले आगामी बैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रदपछि बैंकको पुँजी ६ अर्ब ९२ करोड रुपैयाँ पुग्ने । र, थप चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिई राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब रुपैयाँ पुँजी पु¥याउने लक्ष्य राखेको बैंकले जानकारी दिएको छ ।


पुष्प दुलाल