नक्कली नोटको मुद्दाले कलकत्तामा ३ हजार नेपाली कन्टेनर अलपत्र




काठमाडौं । भारतले नक्कली नोटको मुद्दा उठाएर तेस्रो मुलुकबाट नेपाल आउने कन्टेनरलाई रोकेर राखेको छ । पछिल्लो एकसातादेखि कलकत्ताबाट नेपाल आउनुपर्ने कन्टेनर आउन सकेको छैन ।

उद्योग वाणिज्य महासंघका उद्योग समिति उपसभापति  भरत आचार्य नक्कली नोट आएको आंशकामा  एकसातादेखि कन्टेनर पास नभएको गुनासाे अाएकाे बताउँछन् । कलकत्ता नाकामा नेपाल आउनको लागि तयार भएका ३ हजार कन्टेनर छन्,  एक दिनको चार्ज एक सय २० डलर लाग्छ । भारतीय पक्षले ढिलाई गर्दापनि नेपाली व्यवसायीले यसको शुल्क तिर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

भारतीय खुफिया ऐजेन्सीलाई कलकत्ता सहित मुम्बई,जेनाई र तुग्गरबादको समुन्द्रिक नाका हुँदै नक्कली नोट आएको जानकारी आएपछि यी बन्दरगाह हुँदै आउने कन्टेनरको बढी निगरानी राखिएको छ । टाइम्स अफ इन्डियामा छापिएको समाचार अनुसार खुफिया ऐजेन्सीबाट नक्कली नोट यी नाका हुँदै आएको जानकारी पाएपछि हरेक कन्टेनरको चेकजाँज भइरहेको छ । जसले गर्दा कन्टेनर पास हुन ढिलाई हुने गरेको छ ।

भारतीय सुरक्षाकर्मीले अहिले हरेक कन्टेनर लक खोल्दै चेकजाँच गरिरहेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार अहिलेसम्म कुनैपनि बन्दरगाहमा नक्कली नोट भने भेटिएको छैन । कलकत्तामा अहिले ८ हजार कन्टेनर रहेको ८० जना कर्मचारीले नक्कली नोट रहेको आंशकामा यसको चेकजाँच गर्दै आएका छन् । जसमा कर्मचारीले हरेक दिन ५० मात्र कन्टेनरको चेकजाँच गर्न सक्छन् ।

नक्कली नोटको केसमा भारतीय प्रशासन बढी संवेदनशील हुने हुँदा नेपाल आउन लागेको कन्टेनरको लागत भने बढ्ने देखिन्छ । तेस्रो मुलुकबाट नेपाल आउने सामान कलकत्ता बन्दरगाह हुँदै नेपाल आउने गर्छ ।


क्लिकमान्डु