७५ हजार म्यादी प्रहरी भर्ना आजदेखि खुला



काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । आजदेखि खुला भएको भर्नामा १८ वर्ष पुरा भएका र ५४ वर्ष पुरा नभएका नागरिकले आवेदन दिन सक्ने छन् ।

सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट https://www.nepalpolice.gov.np/ मा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

आवेदन उपत्यकाको हकमा प्रहरी परिसर तथा उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयबाट भर्न सकिने प्रहरीले जनाएको छ ।  सो सम्बन्धमा इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।

स्थानीय तहको निर्वाचनको लागि खटिने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको रहेको छ । म्यादी प्रहरीले मासिक १७ हजार २ सय ३० रुपैयाँ पाउने छन् । यस बाहेक रासन सुविधा पनि पाइने प्रहरीले जनाएको छ ।  आजदेखि खुल्ला भएको आवेदन चैत १७ सम्म भर्न सकिने छ ।


क्लिकमान्डु