मेगा बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता



काठमाडौं । मेगा बैंकले हालै नेशनल बैंकिङ्ग इन्ष्टिच्युटसँग सम्झौता गरेर प्रोपेसनल बैंकिङ सर्टिफिकेसन कोर्स (जेएएनबीआई)मा आफ्नो कर्मचारीहरु भर्ना गराएको छ ।

सो सम्झौताअनुसार बैंकले आफ्नो १०० जनाभन्दा बढी कर्मचारीले जेएएनबीआई सर्टिफिकेसन कोर्सगर्ने भएका छन् ।

यस कोर्स मार्फत बैंकिङ प्रिन्सिपल एण्ड प्राक्टिस, अकाउटिङ एण्ड फाइनान्स र लेगल एण्ड रेगुलेटरी सम्बन्धि बैंकिङ्गका कुराहरुको बृहतज्ञान हासिल गर्न सकिने बैंकले जानकारी दिएको छ । यस कोर्समा उत्तिर्ण हुनेलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट दिक्षित हुनेछन् ।

नेपाली बैंकिङ्ग क्षेत्रमा कामगर्नको लागी यो कोर्स निकै आवश्यक भएको र यो कोर्स लिने को सख्या १ हजार नाघिसकेको बैंकले जानकारी दिएको छ ।


पुष्प दुलाल