नेप्सेमा २ घण्टामै ७० करोडको कारोबार, बूल ट्रेन्डको बाटोमा



 

काठमाडौं । २ घण्टामै नेपाल स्टोक एक्सेन्ज (नेप्से) ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब ४२ कारोडको सेयर कारोबार भएको थियो ।

विगत ३ महिनादेखि अर्बको कारोबार हुन नसकेको नेप्सेमा मंगबार अर्बको कारोबार भएको छ । मंगलबार देखिएको उत्साहलाई आजको २ घण्टामा भएको कारोबार र नेप्सेमा देखिएको वृद्धि बूल ट्रेन्ड समात्न खोजेको जस्तो देखिन्छ ।

बुधबार नेप्सेले ५० अंकको वृद्धि हासिल गरिसकेको छ । १३ लाख कित्ता सेयर कारोबार पनि भइसकेको छ ।


पुष्प दुलाल