६५ मेगावाटको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण सुरु




बझाङ । निजी क्षेत्रको लगानीमा ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ ।

बझाङको बुङ्गल क्षेत्रमा पर्ने कालङ्गा गाडमा निर्माण हुने कालङ्गा जलविद्युत् आयोजनाको एक कार्यक्रमबीच शुभारम्भ गरियो ।

करिब १० अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण हुने सो आयोजनामा विभिन्न बैंकको ७५, स्थानीयको १० तथा विभिन्न व्यक्तिको १५ प्रतिशत शेयर लगानी रहने जनाएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनामा माछापुच्छ्रे, एनएमबी, सिभिल बैंकलगायत विभिन्न १० वटा बैंकको लगानी रहेको आयोजना प्रमुख उमेश श्रेष्ठले बताए । रासस


क्लिकमान्डु