बैंकलाई घर भाडामा दिने हो ? ७ दिनभित्र यहाँ सम्पर्क गर्नुहोस्



काठमाडौं । सिटिजन बैंकलाई शाखा विस्तारका लागि घर भाडा चाहिएको छ । बैंकले घर भाडामा लिनका लागि सार्वजनिक सुचना प्रकाशित गरेर प्रस्ताव माग गरेको छ ।

बैंकले शाखा विस्तारका लागि भुर्इंतल्ला वा पहिलो तल्लामा करिब २ हजार वर्ग फिट क्षेत्रफल भएको भवन वा तल्ला भाडामा लिन प्रस्ताव माग गरेको हो ।

बैंकलाई घर वा तल्ला भाडामा दिन इच्छुक व्यक्ति वा संस्थाले आफूले लिन चाहेको मासिक बहाल रकम उल्लेख गर्नुपर्ने हुन्छ ।

सुचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा बैंकको प्रधान कार्यालयमा शिलबन्दी प्रस्ताव पेश गर्नु पर्ने बैंकले जानकारी दिएको छ ।

भाडामा लिन चाहेको क्षेत्र

मनाङको चामे बजार
पाल्पाको छहरा बजार
नवलपरासीको रामनगर गाविस (भुमही बजार)
मकवानपुरको मनहरी बजार


पुष्प दुलाल