अशोक लेलैन्डको भाइकिङ बस



काठमाडौं । भारको अशोक लेलैन्ड भाइकिङ बस नेपालमा सार्वजनिक गरिएको छ । नेपालको लागि अशोक लेलैन्ड कमर्शियल भेइकल्स्को आधिकारिक विक्रेता एल. टि.ईन्टरप्राईजेज प्रा.लि. (आईएमई गु्रपको एक सहायककम्पनी)ले चैत्र ४ गते काठमाडौंमा भाईकिंङ बस सार्वजनिक गरेको हो ।

आईएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा कार्यक्रमका प्रमुख अतिथि अशोक लेलैन्ड कम्पनीका उप–सभापति रविकुमार पंगाले संयुक्त रुपमा अशोक लेलैन्ड भाईकिङ बस सार्वजनिक गरेका थिए ।

नयाँ भाईकिङ्ग बसको प्रस्तुतीका क्रममा एल.टि. ईन्टरप्राईजेज प्रा.लि. प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैन्ड बसहरुले सधैं कुशललागत र आरामदायीको रुपमा बजार अवस्थालाई कब्जा जमाएको बताए ।

‘यस नयाँ भाईकिङ्ग बसले आफ्नो परिचय सम्हालेको र भाईकिङ्ग बसले ग्राहकहरु माझमा बस्नेछ र साथै नेपालका बस यात्रुहरुले यस अघि अनुभव नगरेका नौलोपन देख्न पाउनेछन्,’ शिवाकोटीले भने ।

सो अवसरमा आईएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, एल.टि. ईन्टरप्राईजेज प्रा.लि.का निर्देशकहरु सन्दिप अग्रवाल र सुमन पोखरेल, एल.टि. ईन्टरप्राईजेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, अशोक लेलैन्ड बसका बिक्री तथा मार्केटिङ्ग प्रमुख ओम प्रकाशपि.के., अशोक लेलैन्ड कम्पनीका पुर्वी सार्क क्षेत्रिय प्रबन्धक तन्मयमित्रा, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, नेपालयातायातराष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे, एनप्याब्सनका अध्यक्ष कर्ण बहादुर शाही आदिको उपस्थिती थियो ।

अशोक लेलैन्डले आफ्नो मर्मत अनुकुलबसहरुको परिचय सम्हाल्दै १८० एचपीइन्जिन, एयर सस्पेन्सन, इनलाइनएफ आईपी तथा मेकानिकलगर्भनर भाईकिङ्ग बसहरुले न्यूनतम इन्धनखर्चमा उच्च प्रर्दशन गर्ने कम्पनीले जनाएको छ । यस नयाँ भाईकिङ्ग बसले हाल बजारमा भएको बसहरुको भन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।

भारतको चेन्नाईमा मुख्यालय रहेको लेल्याण्ड यात्री परिवहनको १८ सिट देखि ८० सिट सम्मका विभिन्न विकल्प छन्। अशोक लेल्याण्ड व्यावसायिकवाहनवर्गमा पूर्ण विकल्पहरु उपलब्ध छन् जसमा १ टन देखि ४९ टन सम्मका विशेष वाहन रहेका छन् जुन रक्षाको लागि प्रयोग हुने कम्पनीलले जनाएको छ ।


पुष्प दुलाल