एफ. जि. इन्कर्पोरेटेडले एभरडाइमको रकब्रेकर बजारमा ल्यायो



काठमाडौं । कोरियाली कम्पनी एभरडाइमको नेपालका लागि आधिकारिक बितरकमा एफ. जि. इन्कर्पोरेटेड प्रा. लि. चयन भएको छ । कम्पनीले आइतवार एक कार्यक्रमका बिच एभरडाइमको रकब्रेकर नेपाली बजारमा बिक्री शुरु गरेको जानकारी दिएको छ ।

विभिन्न निर्माण उपकरणहरुको विक्री–वितरणमा सक्रिय फोर्स गुप अन्तर्गतको एफ. जि. इन्कर्पोरेटेडले एभरडाइमको बजार विस्तार तथा विक्री पछिका सेवाका  दिने जानकारी दिएको छ ।

नेपालमा एभरडाइमका रकब्रेकरहरु अत्यन्तै रुचाइएका र विभिन्न खानीहरु, सिमेन्ट कारखाना तथा निर्माण कम्पनीहरुमा ७५ थान भन्दा बढिको संख्यामा चलिरहेको कम्पनीको भनाई छ ।

एभरडाइमका रकब्रेकरहरु अत्याधुनिक तरिकाले पूर्ण रुपमा दक्षिण कोरियामा मात्रै निर्मित हुने हुँदा यसको गुणस्तर अन्य रकब्रेकरहरुको भन्दा उच्चकोटीको रहने तथा मजबुत र बढि कार्य क्षमताका भएको कम्पनीको दाबी छ ।


क्लिकमान्डु