स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओमा ३७ अर्बको आवेदन, ४० अर्ब पुग्नसक्ने



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको फरदर पब्लिक अफरिङ (एफपिओ) मा ३७ अर्ब बढीको आवेदन परेको छ । आश्वामा आवद्ध सबै बैंकहरुले रिपोर्ट दिइपछि यो अंक बढ्ने निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार आश्वामा आवद्ध भएका बैंकहरुमध्ये २ वटा बैंकले अझै रिपोर्ट दिएका छैनन् ।

आइतबार सउाँझसम्म प्राप्त रिपोर्ट अनुसार कुल २ लाख २० हजार आवेदकले ३७ अर्ब रुपैयाँ बराबरको माग गर्दै आवेदन दिएको एनएमबि क्यापिटलका सीइओ श्रीजेश घिमिरेले क्लिकमाण्डूलाई जानकारी दिए ।

घिमिरेका अनुसार आश्वा प्रणालीमार्फत हालसम्म ८२ हजार आवेदकको २३ अर्ब ४५ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । त्यसैगरी, गैरआश्वा प्रणालीमार्फत १ लाख ३० हजार आवेदकले १३ अर्ब ६८ करोड रुपैयाँ बराबरको माग आवेदन गरेका छन् ।

बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँका दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निष्काशन गरेकोहो । बैंकले एफपिओमार्फत् सर्वसाधारणसँग ३ अर्ब ३३ करोड रुपैयाँ उठाउने छ ।

चैत १ गतेदेखि निष्काशन गरेको एफपिओमा चैत ४ गतेसम्म बिक्री खुल्ला गरिएको थियो ।


पुष्प दुलाल