नेप्सेमा २५ अंकको वृद्धि, ६८ करोड कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टोक एक्सेन्ज (नेप्स) २४.८५ अंकले बढेको छ ।
आइतबार नेप्सेमा १ सय ३६ कम्पनीका १४ लाख ४८ हजार किता सेयर किनबेच भएका छन् । ६८ करोड ७७ लाख ९४ हजारको कारोबार भएको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक १३८२.१९ अंकमा अडेको छ ।
२५ अंकले बढेको नेप्सेका सबै समुह हरियो भएका छन् । बैंक समुह १२.९, होटल समुह ६०.०५, विकास बैंक समुह १७.१८, जल विद्युत समुह ५५.५९, वित्तीय समुह ६.७९, बीमा समुह ३६७.४९, उत्पादन मुलक समुह २.५६ र अन्य समूह ९.२५ अंकले बढेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । यी दुई बीमा कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका हुन् । राप्ती भेरी विकास बैंकका लगानीकर्ताले आज ४.३८ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल