ह्वावेले सन् २०१७ मा एमोलेड डिस्प्ले प्यानलको अभाव बेहोर्नुपर्ने



काठमाडौं । ह्वावेले एमोलेड डिस्प्ले प्यानल अभाव बेहोर्नुपर्ने भएको छ । कम्पनीले केबल आफ्नो उत्पादनको केबल ८ प्रतिशत स्मार्टफोनहरुमा मात्र सन् २०१७ मा एमोलेड डिस्प्ले प्राप्त गर्ने भएको छ ।

ह्वावेको यो समस्या प्यानलको अपर्याप्त आपूर्तिका कारण भएको स्रोतलार्इ उदृत गर्दै डिजीटाइम्सले जनाएको छ ।

सन् २०१७–२०१८ मा विश्वब्यापी उत्पादनको करिब ७० प्रतिशत मुख्यगरि सामसंग डिस्प्लेबाट उत्पादन हुनेछ, जून सामसंग इलेक्ट्रोनिक्स र एप्पलले मात्र उपयोग गर्नेछन् ।

अन्य ओएलईडी प्यानल आपूर्तिकर्ताहरुमध्ये, एलजी डिस्प्लेले सन् २०१८ मा आफ्नो उत्पादन शुरु गर्ने अपेक्षा गरिएको छ । जबकि चीनमा आधारित बीओई टेक्नोलोजीले भने सन् २०२० सम्ममा ओएलईडी डिस्प्ले उत्पादन गराउन नसक्ने बताईएको छ ।

सन् २०१७ मा एप्पलले सामसंग डिस्प्लेबाट ७ करोड ५० लाख ओएलईडी प्यानलहरु प्राप्त गर्ने अपेक्षा गरिएको छ, जुन विश्वब्यापी वार्षिक ओएलईडी प्यानल उत्पादनको १४ प्रतिशतको हाराहारी हो । सामसंग इलेक्ट्रोनिक्सले ५६ प्रतिशत प्राप्त गर्नेछ, जून आन्तरिक उत्पादनले गर्दा हो ।

चीनियाँ कम्पनीहरु ओप्पो र भिभोले सन् २०१७ को उत्पादनको क्रमश १३ प्रतिशत र १० प्रतिशत ओएलईडी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु