रसुवामा सात किलो सुन सहित ३ जना पक्राउ



ठमाडौं । चीनबाट अवैध रुपमा नेपाल भित्र्याइएको सात किलो सुनसहित तीन जनालाई रसुवाबाट प्रहरीले पक्राउ गरेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दिएको सूचना र निर्देशनका आधारमा सुरक्षा जाँच गर्दा बा१७च २२७५ नंको जिपको फिल्टरमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा उक्त परिमाणको सुन प्रहरी कार्यालय टिमुरेले बरामद गरेको हो ।

सवारी धनीसमेत रहेका चालक स्याङ्जाका प्रकाश गैरेसहित अन्य दुई जनालाई पक्राउ गरिएको प्रजिअ न्यौपानेले जानकारी दिए । सुनको प्रमाणीकरण र गाडीमा रहेका अन्य दुई जनाको घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको छ ।

पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवाको रसुवागढी नाका हुँदै चीनबाट अवैध रुपमा भन्सार छली सुन तस्करी गर्ने प्रवृत्ति बढेको छ । रासस


क्लिकमान्डु