मेगा बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र ६५ प्रतिशत हकप्रद दिने



काठमाडौं । मेगा बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । मेगा बैंकको बिहीबार छैटौं साधारणसभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत बोनस सेयर पारित गरेको हो ।

‘आर्थिक बर्ष २०७२÷७३ मा बैंकले आर्जन गरेको सञ्चित मुनाफाबाट बैंकको हालको चुक्ता पुँजीको १३.२५ प्रतिशत अर्थात ५३ करोड १६ लाख बोनस शेयर तथा सोको लागि आवश्यक करको निमित्त हालको चुक्ता पुँजीको ०.७० प्रतिशत अर्थात २ करोड ८० लाख नगद लाभांश साभारण सभाले पारित गरेको छ ।’, साधारणसभापछि बैंकका अध्यक्ष भोजबहादुर शाहले भने, ‘संचालनको छोटो अवधिमै यति मुनाफा दिनसक्नुलाई हामीले उपलब्धिका रुपमा लिएका छौं । मैले अघिल्लो बर्ष १० प्रतिशत भन्दा बढी लाभांश दिने प्रतिबद्दता गरे बमोजिम यस बर्ष बैंकले १३.९५ प्रतिशत लाभांश वितरण गर्न सफल भएकोमा खुसी लागेको छ ।’

यस्तै साधारणसभाले ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । यो निर्णयले करिब १ लाख ४० हजार शेयरधनी लाभान्वित हुनेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले आर्थिक वर्ष २०७३÷७४ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ३८ अर्ब ५२ करोड पुगेको र कर्जा प्रवाह ३४ अर्ब पुगेको छ ।


पुष्प दुलाल