अब बैंकहरुले वर्षमा दुई पटकभन्दा बढी व्याजदर परिवर्तन गर्न नपाउने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब एक वर्षमा २ पटक भन्दा बढी व्याजदर बढाउन वा घटाउन नपाउने भएका छन् । बैंकहरुले हप्तामै २ पटकसम्म व्याजदर बढाएको गुनासो सर्वसाधारणले गरेपछि राष्ट्र बैंकले यस्तो नीति ल्याउन लागेको हो ।

र, अब वर्षमा २ पटक समायोज हुने व्याजदर पनि कुन–कुन मितिमा समायोजन गर्ने हो भन्ने कुरा ऋणीलाई पहिल्यै जानकारी दिनुपर्ने छ ।

बैंकहरुले प्रवा गर्ने ऋणको व्याजदर अब ४ प्रकारको हुनेछ । समायोजन गर्न सकिने, अपरिवत्र्य, परिवर्तनशील र मिश्रीत प्रकारकारको व्याजदर बैंकले प्रवाह गर्ने ऋणमा लगाइने छ ।

वार्षिक वा आवधिक व्याजदर तथा अन्य सबै किसिमका शुल्कहरुको बारेमा पनि सर्वसाधारणले सहजै बुझ्ने गरी सरल भाषामा लिखितरुपमा ऋणीलाई लिनुपर्ने छ ।

त्यसैगरी, व्याजदर गणना विधि, यसका लागि समाबेस गरिने आधारहरु तथा सो सम्बन्धमा ासरल उदाहारण पनि बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई दिनुपर्ने छ । यस्तो जानकारीऋणीलाई अनिवार्यरुपमा दिन राष्ट्र बैंकले बैंकहरुलाई बाध्यकारी बनाउन लागेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र पठाउँदै कर्जाको व्याजदर निर्धारण सम्बन्धमा राय–सुझाब मागेको छ ।

राष्ट्र बैंकले सार्वजानिक गरेको सो परामर्शपत्र जारी भएको मितिले ७ दिन भित्रमा परामर्श दिन बैंक तथा वित्तीय संस्थाहरुलाई परामर्श मागेको हो ।

राष्ट्र बैंकका अनुसार कर्जाको व्याजदर समायोज गर्दा कर्जाको प्रडक्ट पेपरमा निर्धारण गरिएको विधि तथा आधार अनुसार गणना गरी समायोजन गर्नुपर्ने भएमा बैंकहरुले व्याजदर समायोजन गर्न सक्नेछन् ।

व्याजदर समायोजनका लागि निक्षेप वा सापटीको लागतमा वा कर्मचारी तथा सञ्चालन खर्चमा भएको समग्र वृद्धि बाहेकका आधारमा व्याजदर वृद्धि गर्न भने पाइने छैन ।

परिवर्तनशील व्याजदरमा भने कर्जा प्रवाह गर्दा निर्धारण गरे बमोजिम नै व्याजदर परिवर्तन हुनेछ । छोटो अवधिको कर्जाको हकमा भने नयाँ कर्जा प्रवाह गर्दा पहिले निर्धाण गरिएको विधिअनुसार व्याजदर समायोजन गर्न पाइनेछ ।

व्याजदर समायोजन गर्नुपर्ने भएमा एक वर्षभन्दा लामो अवधिको कर्जालाई ४५ दिनको सूचना दिएर मात्रै नयाँ व्याजदर लागू गर्न सकिने छ । नविकरणीय कर्जा वा अन्य छोटो अवधिको कर्जालाई भने ३० दिनको सूचना दिनुपर्ने छ ।

राष्ट्र बैंकले गरेको व्यवस्था जस्ताको त्यस्तै हेर्न यहाँ क्लिक गर्नुहोस्


पुष्प दुलाल