चुनावको मुखमा सरकारको उपहार, नुनको मुल्य प्याकेटमा २ रुपैयाँ बढ्यो



काठमाडौं । सरकारले चुनावको मुखमा नुनको मुल्य प्याकेटमा २ रुपैयाँ बढाएको छ ।

नुन आपूर्ती र व्यवसाय गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ लिमिटेडको प्रस्ताव अनुसार आयोडिन युक्त प्याकेटको नुन प्रति प्याकेट २ रुपैयाँ बढेको हो ।

सरकारको केन्द्रीय अनुगमन समितिले आयो नुनसँगै ढिके नुनको पनि मुल्य ८० पैसा बढाउने निर्णय गरेको छ । साल्ट ट्रेडिङले प्रति प्याकेट नुनको मुल्य ५ रुपैयाँ बढाउन प्रस्ताव गरेको थियो भने ढिके नुन २ रुपैयाँ बढाउन प्रस्ताव गरेको थियो ।

सरकारले नुनको मुल्य बढाएपछि प्याकेटको आयोडिन नुनको मुल्य २० रुपैयाँ पुगेको छ । साल्ट ट्रेडिङले नुनमा घाटा भएको भन्दै मुल्य बढाउने प्रस्ताव गरेको थियो ।


क्लिकमान्डु