नेप्सेमा एक अंकको वृद्धि, ५३ करोडको कारोबार




काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसुचकमा १.२७ अंकको वृद्धि देखिएको छ । बिहीबार नेप्सेमा १ सय ३६ कम्पनीका १३ लाख ४६ कित्ता सेयर किनबेच भएको छ । ५३ करोड ७३ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।

एक अंकले वृद्धि हासिल गरेको नेप्सेमा ३ समुहको परिसुचक बढेका छन् भने बाँकी ४ समुहका परिसुचक घटेका छन् । बैंक समुह १.३१, बीमा समुह ३३ र अन्य समुह १.१६ अंकले बढेका छन् । होटल समुह ६.८३, विकास बैंक समुह १.७३, जलविद्युत समुह १३.८७ र वित्तिय समुह ०.०८ अंकले घटेका छन् ।

कमाउने लगानीकर्तामा न्यादि ग्रुप पावर लिमिटेडका लगानीकर्ता छन् । न्यादिका लगानीकर्ताले ६ प्रतिशतले कमाएका छन् । गुमाउने लगानीकर्तामा वेस्र्टन डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । वेस्र्टनका लगानीकर्ताले ६.३६ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल