चैत १८ देखि सप्तकोशी विकास बैंकको सेयर लिलामीमा



काठमाडौं । सप्तकोेशी बिकास बैंकले चैत १८ देखि हकप्रदमा नबिकेका सर्वसाधारण र प्रमोटर सेयर लिलामी गर्ने भएको छ ।

बैंकले ४० हजार ८ सय २६ कित्ता सर्वसाधारण समूहको सेयर र ५६ हजार ७ सय कित्ता प्रमोटर सेयर लिलामी गर्न लागेको जानकारी दिएको छ । बैंकले गत पुसमा १०० प्रतिशत हकप्रद जारी गरेको थियो ।

लगानीकर्ताले चैत २५ गतेसम्म लिलामी सेयर खरिद गर्न सक्ने छन् । एनएमबि क्यापिटलले ब्यवस्थापन गर्ने सो लिलामीमा घटीमा १०० कित्ता सेयर आवेदन दिन पाइने छ । मुल्य पनि कम्तीमा १०० रुपैयाँ तोक्नुपर्ने छ ।

एनएमबि क्यापिटलको केन्द्रिय कार्यालय नागपोखरी र सप्तकोशी बिकास बैंकको प्रधान कार्यालय बिराटनगरबाट आवेदन दिन पाइने छ ।

बैंकको साधारण सभाले ११ प्रतिशत बोनस सेयर र १ सय ३० प्रतिशत थप हकपद सेयर पारित गरिसकेको छ । १०० प्रतिशत हकप्रद, ११ प्रतिशत बोनस सेयर र थप १ सय ३० प्रतिशत हकप्रद पछि बैंकको चुक्ता पुँजी ४८ करोड ५३ लाख रुपैंयाँ पुग्नेछ ।


पुष्प दुलाल