एनबी बैंकको ८० प्रतिशत हकप्रद खाने हो ? चैत १७ अघि नै सेयर किन्नुहोस्



काठमाडौं । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद सेयरको लागि चैत १७ गते बुक क्लोज मिति तोकेको छ । यसको मतलब चैत १६ गते सम्म बैंकको सेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउँनेछन् ।

बैंकले हालको चुक्ता पूँजीको ८० प्रतिशत हुन आउने ३ करोड २० लाख ९४ हजार ६८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

नेपाल स्टोक एक्सेन्ट (नेप्से)मा प्रकाशित सूचनाका अनुसार सेयरधनी दर्ता किताब चैत १७ गते बन्द गरिनेछ । तर, १६ गते घोडेजात्रा परेको हुनाले काठमाण्डौं उपत्यकामा सार्वजनिक बिदा छ । त्यसैले लगानीकर्ताले हकप्रद सेयर सुरक्षित गर्नको लागि चैत १५ भित्रै सेयर खरिद गर्नुपर्ने छ । हकप्रद सेयरको ब्यवस्थापन ग्लोबल आइएमई क्यापिटलले गर्ने छ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ५४.०६ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । आर्थिक बर्ष ०७२/७३ को नाफाबाट बैंकले ३२ प्रतिशत बोनस सेयर बाँँडेको थियो । हाल बैंकको चुक्ता पूँजी ४.०१ अर्ब रुपैंयाँ छ । ८० प्रतिशत हकप्रद पछि बैंकको चुक्ता पूँजी ७ अर्ब २१ करोड रुपैंयाँ पुग्नेछ ।


पुष्प दुलाल