दुई दिनमै स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओमा पौने ४ अर्बको आवेदन



काठमाडौं । स्टान्डर्ड चार्टर्ट बैंकको फरदर पब्लिक अफरिङ (एफपिओ)मा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ ।

एफपिओ निष्काशन भएको दुई दिनमै ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका सीइओ श्रीजेश घिमिरेले जानकारी दिए ।

‘दुई दिनमै २२ हजार आवेदकले एफपिओमा ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको माग गर्दै आवेदन दिएका छन्,’ घिमिलेले क्लिकमाण्डूसँग भने ।

बैंकले चैत १ गतेदेखि निष्काशन गरेको एफपिओ चैत ४ गतेसम्म सर्वसाधारणले किन्न पाउने छन् । एफपिओ निष्काशनको पहिलो दिन अर्थात् चैत १ गते १० हजार लगानीकर्ताले १ अर्ब ५ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

दोस्रो दिन अर्थात् चैत २ गते १२ हजार लगानीकर्ताले १ अर्ब ७६ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।

बैंकले प्रतिकित्ता १२९० रुपैयाँ दरका २५ लाख ५८ हजार १ सय ४० कित्ता अर्थात् ३ अर्ब ३० करोड रुपैयाँ बराबरका एफपिओ निष्काशन गरेको हो ।


पुष्प दुलाल