स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओः एकै दिनमा अर्ब बढीको आवेदन




काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओमा लगानीकर्ताहरुले लगानी ओइर्याएका छन् । बैंकले मंगलबारदेखि निष्कासन गरेको एफपिओमा पहिलो दिन नै १ अर्ब ५ करोड रुपैया बराबरको आवेदन परेको छ ।

एफपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेका अनुसार करिब १० हजार लगानीकर्ताले अर्ब बढीको माग आवेदन गरेका हुन् ।

आस्वा प्रणालीमा गएका ५१ वटा बैंक तथा वित्तीय संस्थाहरुमध्ये २८/३० वटाले मात्रै जानकारी दिएकाले यकिन तथ्यांक आइनसकेको घिमिरेले बताए ।

बैंकले निष्काशन गरेको एफपिओमा चैत ४ गतेसम्म लगानी गर्न पाइनेछ । बैंकले प्रतिकित्ता १२९० रुपैयाँका दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निष्कासन गरेको हो ।

सो एफपिओमा कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्तासम्म आवेदन दिन पाइन्छ।


पुष्प दुलाल