भारतीय भूपु सैनिकलाई तीस करोड पेन्सन बाँडियो



गोरखा । गोरखाको लक्ष्मीबजारस्थित सैनिक बोर्डले भूतपूर्व भारतीय सैनिकलाई निवृत्तिभरण (पेन्सन) रकम उपलब्ध गराएको छ ।

गोरखा, लमजुङ, तनहुँ र धादिङमा रहेका भूपु सैनिकलाई निवृत्तिभरण बापत ३० करोड रुपैयाँ वितरण गरिएको गोरखा भारतीय भूपु सैनिक संघ गोरखाका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

गत फागुन २९ गतेदेखि आजसम्म निवृत्तिभरणको रकम वितरण गरिएको हो । गोरखामा मात्रै ११ हजार भन्दा बढी भारतीय भूपु सैनिक छन् । तीमध्ये सात हजारले काठमाडौँस्थित गोरखा भारतीय क्याम्पबाट पेन्सन लिने गर्छन् । गोरखामा मासिक १५ हजार रुपैयाँदेखि ७३ हजार रुपैयाँसम्म पेन्सन बुझ्ने भूपु सैनिक रहेका छन् ।


क्लिकमान्डु