सिजि मोबाइलको ‘एस्ट्रो टर्च’ मोबाइल बजारमा



काठमाडौं । सिजि मोबाईलले एस्ट्रो सिरिज अन्तर्गतको नयाँ मोडेल एस्ट्रो टर्च बजारमा ल्याएको छ ।

यो नयाँ फिचर फोनमा ३६ सय एमएएचको अत्यन्तै लामो समय टिक्ने ब्यट्रि ब्याकअप रहेको छ । यसका साथै मोबाईलमा ३ वटा एलईडि बल्ब भएको टर्च समेत रहेको कम्पनीले जानकारी दिएको छ ।

कम लागतको यस मोबाइल फोन न्यून आयस्तर भएका ब्यक्तिलाई पनि लाभकारी हुनेछ । यो मोबाईलमा वायरलेस एफएम, क्यामेरा, एमपि थ्री, एमपि फोर, ब्लुटूथ लगायतका सुबिधाहरु समेत रहेका छन् ।

२ वर्षे वारेन्टी भएको पहिलो मोबाईल सेट भएको कम्पनीले जानकारी दिएको छ । बजारमा सिजीको एस्ट्रो टर्च मोबाइल २ हजार ४ सय ९९ रुपैयाँमा किन्न सकिने छ ।


क्लिकमान्डु