फागुन मसान्तसम्म २२ प्रतिशत विकास खर्च



काठमाडौं । सरकारले फागुन मसान्तसम्म २१.७४ प्रतिशत विकास खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्ममा ६७ अर्ब ८२ करोड रुपैयाँ विकास खर्च भएको छ । चालु आर्थिक वर्षमा विकास खर्चका लागि ३ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

सरकारले फागुन मसान्तसम्ममा चालु तर्फ ४७.५४ प्रतिशत खर्च गरेको छ । ६ खर्ब १७ अर्ब रुपैयाँको चालु बजेटमा फागुनसम्ममा २ खर्ब ९३ अर्ब रुपैयाँ खर्च भएको हो । यस्तै वित्तीय व्यवस्था तर्फ ३२.४८ प्रतिशत खर्च भएको छ । १ खर्ब १९ अर्ब वित्तीय व्यवस्थाका लागि बजेट बिनियोजन भएकोमा ३८ अर्ब रुपैयाँ खर्च भएको हो ।

फागुन महिनासम्ममा सरकारले ३ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले लक्ष्य अनुसारको राजस्व उठाएको छ ।


क्लिकमान्डु