पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भारत गए




काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।

इन्डिया फाउन्डेसनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराई १५ मार्चमा सम्मेलनलाई सम्बोधन गर्ने छन् । उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलन यही मार्च १४ देखि १६ सम्म सञ्चालन हुनेछ ।

नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गर्ने नेपालसँगको अन्तक्र्रिया तथा भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुने छन् ।

भ्रमणमा डा भट्टराई भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धका जानकार, बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्नेछन् । रासस


क्लिकमान्डु