सेवा बिस्तार गर्दै स्मार्ट टेलिकम, फोरजी प्रविधिको अनुमति प्रकृयामा



काठमाडौं । स्मार्ट टेलीकमले आफ्नो बजार बिस्तार गर्ने तयारी गरेको छ । पछिल्लो दुरसञ्चार प्रविधीसमेतको जडान र परिक्षण गरिरहेको छ ।

केही महिनाभित्रै आफ्नो सेवालाई औपचारिकरुपमा नै सर्वसाधारणबीच पुर्याउने तयारी गरिरहेको स्मार्टका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी दिए । ‘हामी बजारमा आउन आक्रामक तयारी गरिरहेका छौं,’ उनले भने ।

हाल बजारमा रहेका नेपाल टेलीकम र एनसेलसँग स्मार्टले सिधा प्रतिस्पर्धा गर्ने उनले बताए ।

अहिले ग्राहक संख्याको आधारमा स्मार्ट तेश्रो स्थानमा रहेको कम्पनीको दाबी छ । नयाँ सेवा र प्रणाली सुरु गरे लगत्तै ग्राहक संख्या कम्तिमा दोब्बर बनाउने उसको लक्ष्य छ ।

स्मार्टले दुर सञ्चार प्राधिकरणसमक्ष फोरजी सेवाका लागि अनुमती समेत मागिसकेको छ । स्मार्टले आफ्नो डाटा सेन्टर तथा अन्य ठाउँमा जडान गरेका प्रविधीसमेत फोरजी मैत्री रहेको बताएको छ ।

अन्तर्राष्ट्रियरुपको डाटा सेन्टरसमेत स्मार्टले बनाइसकेको छ । अपरेशनका लागि चाहिने सबै उपकरण र औजार आयातका लागि अनुमति लिइसकेको छ । डाटा सेन्टरमा आउन सक्ने समस्यालाई ध्यानमा राख्दै विभिन्न स्थानहरुमा ब्याकअप सेन्टर राख्ने योजनामा रहेको छ, जुन नेपालमा नै पहिलो हुने कम्पनीले दाबी गरेको छ ।

हाल काठमाडौं, पोखारा, स्यांजा, भैरहवा, बुटवल, चितवन, हेटौंडा बिरगञ्ज र नेपालगञ्जमा स्मार्टको सेवा बिस्तार भएको छ ।

कम्पनीले सन् २०१३ मा युनिफाइड लाइसेन्स पाएको थियो ।


क्लिकमान्डु