नेप्सेमा सामान्य वृद्धि, अन्य समूह बाहेक सबैमा छायो हरियाली



काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । नेप्से परसूचक ७.७५ अंकले बढेको हो । कारोबार बन्द हुँदा नेप्सेको परिसूचक १३५५.२८ अंकमा अडेको छ ।

सोमबार नेप्सेमा १ सय ३२ कम्पनीका ७ लाख ४२ हजार कित्ता सेयर किनबेच भएका छन् । ३५ करोड ७९ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।

आज अन्य समूह बाहेक सबैको परिसूचक बढेका छन् । अन्य समूहमा २.८९ अंकले गिरावट आएको छ । होटल ५.४, वित्तिय ०.५७, बैकिङ ६.४७, विकास बैंक ६.३३, जलविद्यृत ६.७५, बीमा १०९.०८ र उत्पादन मुलक ६.०५ अंकले बढेका छन् ।

सबैभन्दा बढी कमाउने लगानीकर्तामा आरएसडी लघुवित्त ९.९४, नयाँ नेपला लघुवित्त विकास बैंक ९.९२ र मिसन डेभलभमेन्ट बैंक ९.७८ प्रतिशतले कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा जनउत्थान समुदायिक लघुवित्त विकास बैंक ३ं९१, अरुण फाइनान्स ३.७० प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल