बीउ प्रशोधन तथा भण्डारण केन्द्रबाट किसान लाभान्वित, उन्नत बीउ उत्पाउन हुने



नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा  स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना भएपछि किसान लाभान्वित बनेका छन् ।

नेपाल सरकारको सिँचाइ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व बैंकको सहयोगमा सञ्चालन गरिएको केन्द्र स्थापना भएसँगै आफ्नै गाउँठाउँमा उन्नत बीउ उत्पाउन हुने र भण्डारण हुन थालेपछि किसान हर्षित भएका हुन् ।

सो केन्द्रमा दिव्यपुरीमा रहेका लालीमा कृषि सहकारी, सञ्जीवनी बचत तथा ऋण सहकारी, महिला बहुउद्देश्य र कञ्चन कृषि सहकारीको डेढ करोड र नेपाल सरकारको तीन करोड रुपैयाँ लगानीमा रहेको छ ।


क्लिकमान्डु