पोखरा फाइनान्सको १० लाख कित्ता एफपिओ आउँदै, मूल्य कति ?



काठमाडौं । पोखरामा मुख्य कार्यालय रहेको पोखरा फाइनान्सले ९ लाख ८३ हजार कित्ता एफपिओ जारी गर्ने भएको छ । एफपिओ निष्काशनका लागि फाइनान्सले धितोपत्र बोर्डमा आवेदनसमेत दिएको ।

‘एफपिओ निष्काशनका लागि हामीले फागुन २६ गते नै धितोपब बोर्डमा आवेदन दिएका हौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले भने,- ‘हामीले एफपिओको प्रस्तावित मुल्य पनि धितोपत्र बोर्डलाई दिएका छौं । उसले स्वीकृति नदिएसम्म मुल्य कति हुन्छ भनेर भन्न सक्दिन ।’

कम्पनीको एफपिओ सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचना ५१स् ४९ बनाउने उदेश्यले एफपीओ जारी गर्न लागेको हो ।


पुष्प दुलाल