के तपाईँलाई थाहा छ ? एनटिसीको रिचार्ज गर्दा डाटा फ्रि



काठमाडौं । नेपाल टेलिकमले होलीको अबसरमा जति मुल्यको रिचार्ज उत्ति एमबी इन्टरनेट डाटा सित्तैमा पाउने नायाँ अफर दिएको छ ।

ग्राहकले २०० रुपैयाँको रिचार्जगर्दा २०० एमबी डाटा सित्तैमा पाउने छन् । १००० को रिचार्जगर्दा १ जिबी डाटा पाउने छन् ।

यसरी प्राप्त डाटा आज बेलुकी १० बजेदेखि भोली बिहान ६ बजेसम्म चलाउन सकिने छ ।

बिहान ६ बजे देखि बेलुका १० बजेसम्म भने यस्तो निशुल्क उपलव्ध डाटा चलाउन पाइने छैन ।

यसरी प्राप्त गरेको डाटा २ दिनमा चलाईसक्नु पर्ने छ । यो सुबिधा जिएसएम र सिडिएमए दुबै सेवामा उपलव्ध हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले युटुब प्याकेज समेत ल्याएको छ ।


क्लिकमान्डु