भारतमा मोदी म्याजीक जारी




काठमाडौं । भारतको ५ राज्य उत्तर प्रदेश, पंजाब, मणिपुर, उत्तराखण्ड र गोवा बिधान सभा निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ ।

आज बिहान ८ बजे देखि मतगणना सुरु भएको हो । अहिलेसम्मको मतगणना अनुसार उत्तर प्रदेश र उत्तराखण्डमा भारतीय जनता पार्टीले प्रष्ट बहुमत पाउने देखिएको छ ।

भारतिय मिडियाका अनुसार बीजेपीले उत्तर प्रदेशको ४०३ सिट मध्ये ३११ सिटमा अग्रता कायम गरेको छ, भने उत्तराखण्डको ७० सिटमध्ये ५७मा अग्रता कायम गरेको छ ।

काँग्रेस आइले पंजाबको ११७ सिटमध्ये ७६ मा अग्रता कायम गरेको छ ।

गोवाको ताजा मत परिणाममा काँग्रेस र बीजेपीले १२/१२ स्थानमा अग्रता कायम गरेका छन् ।
त्यसैगरि मणिपुरमा दुबै पार्टीले २०/२० स्थानमा अग्रता कायम गरेका छन् ।


क्लिकमान्डु