पिएपछि साथीभाईसँग बसेर रमाइलो गरुँगरुँ लाग्छ




साथीहरुको नजरमा तपाईँ रमाइलो मान्छे कि भाबुक ?

सबै रमाइलै छस् भन्छन् । आफैं त कसरी भन्नु ? तर पनि रमाइलै छु जस्तो लाग्छ । सँगसँगै भाबुक पनि छु ।

कति बर्षको हुनुभयो ?

४४ बर्ष पुरा भइसके ।

कति पढ्नु भएको छ ?

मेनेजमेन्टमा डिप्लोमा गरेको छु ।

कतिको राम्रो बिद्यार्थी हुनुहुन्थ्यो ?

म रामेछापको चिसापानीमा स्कुलमा पढेको हुँ । बुबा विदेशमा हुनुहुन्थ्यो । घरको जेठो छोरो भएकाले सबै कामको जिम्मेवारी मेरो काँधमा थियो । खेतीपातीको कामदेखि घरको काम गरेर पढ्न जाँदा मध्यम किसिमको विद्यार्थी थिए । पछि इन्टर लेभल काठमाडौंको सरस्वती क्याम्पस र व्याच्लर पब्लिक युथ कलेजमा पढे । त्यहाँपनि म मध्यम किसिमको विद्यार्थी थिए ।

अहिले फुटवयर एसोसिएसनको राजनीतिमा नेता हुनुहुन्छ, स्कुलमा राजनीति गर्नु भएन ?

फुर्सद नै भएन । बाल्य अबस्थामा नै म माथि निकै ठुलो जिम्मेवारी थियो ।

गीत संगीत सुन्नुहुन्छ ?

सुन्छु पनि, गुनगुनाउँछु पनि ।

कस्तो गीत मनपर्छ ?

सेन्टिमेन्टल, क्लासिक र आधुनीक गितहरु खुबै मन पर्छ ।

अहिलेसम्म सबैभन्दा मनपरेको गित कुन हो ?

म नारायण गोपालको धेरै ठुलो फ्यान हुँ । तर मलाई अत्यन्त मनपर्ने र बेला बेला गुन गुनाउने गित भक्तराजको ‘हजार सपनाहरुको मायाँ लागेर आउँछ’ भन्ने हो । यो गितले मलाई प्रेरणा दिन्छ ।

सपना खुबै देख्नुहुन्छ ?

सबैले देख्छन् । त्यसमा म अछुतो कसरी हुन सक्छु । सपना नदेख्नेले केही गर्न सक्दैन ।

युवा अबस्थामा कतिको माया पिरतिका कुरा गरियो ?

खासै गरिएन । साथीहरु थुप्रै थिए तर, प्रेमको कुरा गरिएन ।

किन ?

फुर्सद नै भएन, तर साथिहरुले उसले तलाई मनपराउँछे भन्थे तर आफुले भन्ने आँट गरिएन ।

त्यति थाहा हुँदा पनि आँट गरिएन ?

घरको सम्पूर्ण जिम्मेवारी आफैले हेर्नुपर्ने हुँदा लभ सबमा लग्नुहँुदैन भन्ने थियो । सायद त्यसलेपनि यि कुराबाट टाढा राख्यो जस्तो लाग्छ ।

बिबाह लभ कि एरेन्ज ?

एरेन्ज हो, बुबा आमाले खोजिदिनु भएको हो ।

जागिर खानु भयो ?

पढ्नको लागि पैसा आफैं कमाउनु पर्थ्यो । २०४७ सालतिर मैले होम अप्लाईन्सेस् बिक्रीगर्ने पसलमा जागिर खाएको थिए ।

तलब कति थियो ?

२०४७ सालतिर हो, त्यतिबेला १२०० रुपैयाँ तलब थियो ।

अहिले तलब लिनुहुन्छ कि नाफा ?

अहिले तलव लिन्छु । नाफा भए लगानीकर्ता भए पछि लिनै पर्यो नि । अहिले मैले १ लाख रुपैयाँ तलव लिने गरेको छु ।

स्काई सुजको बजार कस्तो छ ?

हामी स्थानिय कच्चापदार्थको अधिकतम प्रयोग गरेर प्रडक्ट बनाउँन पर्छ भन्ने मान्यता राख्छा्रै । नयाँ किसिमको प्रडक्ट भएकाले हामी अरुभन्दा भिन्न छौ ।

कत्तिको पिउनु हुन्छ ?

पिउँछु, तर सधै होइन । साथीभाई मिलेर पिउँने गरेको छु । पिएपछि गाउँछु पनि । साथीहरुसँग बसेर रमाइलो गर्न खुब मनपर्छ ।


पुष्प दुलाल