आजदेखि देशभर गाविसको बिघठन



काठमाडौ । आजदेखि देशभरका गाउँ विकास समितिहरु बिघठन भएका छन् । सरकारले स्थानीय तहको संरचना राजपत्रमा प्रकाशित गरेपछि गाविस खारेज भएका हुन् ।

गाविसको स्थानमा अबदेखि गाउँपालिका हुने छ । उप प्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले गाउँपालिका बिघठन भएको राजपत्र सार्वजनिक गरेर नयाँ संविधान अनुसारको संरचना लागु भएको घोषणा गरे ।

नयाँ व्यवस्था अनुसार देशभर अब ४ महानगरपालिका,१३ वटा उपमहानगरपालिक,२ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका रहेका छन् ।

देशभर ६ हजार ६ सय ८० वटा वडा कायम भएका छन् । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन यही संरचना अनुसार हुने छ ।

 

 


क्लिकमान्डु