शेखर गोल्छाको टिमबाट चन्द्र ढकाल एसोसिएट उपाध्यक्षको उमेद्वार



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५१ औं साधारण र निर्वाचन कार्यक्रममा सबैभन्दा बढि चर्चामा रहेको एसोसिएट तर्फको उपाध्यक्षमा शेखर गोल्छाको टिमबाट चन्द्र ढकाल उमेद्वार बन्ने पक्का भएको छ ।

यसअघि ज्ञानेन्द्रलाल प्रधान र चन्द्र ढकालमध्ये कसलाई उमेद्वार बनाउने भन्ने अन्योलमा रहेकोमा लामो प्रयास पछि चन्द्र ढकालको नाममा टुङगो लागेको हो ।

त्यसैगरी ज्ञानेन्द्रलाल प्रधानलाई कोषध्यक्षको उमेद्वार बनाउने टुङ्गो लागेको छ । ‘मलाई कोषध्यक्ष र चन्द्र जीलाई उपाध्याक्ष बनाउनेगरी टुङ्गीएको छ, क्लिकमाण्डूसँग कुरागर्दै प्रधानले भने ।

को हुन् ढकाल ?

पछिल्लो समय व्यवसायमा राम्रो प्रगति गरेका ढकाल रेमिट्यान्स कम्पनी आइएमइबाट १७ वर्षअघि व्यवसाय सुरु गरेका हुन् । आइएमइ रेमिट्यान्स मुलुकको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनीमध्ये पर्छ ।

त्यतिमात्र होइन, ढकाल ग्लोबल आइएमइ बैंकका अध्यक्ष पनि हुन् । त्यसैगरी, चन्द्रागिरी केवलकारका अध्यक्ष पनि उनै ढकाल हुन् । उनको लगानीमा लमजुंगमा एउटा हाइड्रोपावर पनि निर्माण भइरहेको छ ।

पछिल्लो समय सेवा व्यवसाय जमेका ढकाललाई सरकारले इन्डोनेसियाका लागि नेपाली महावाणिज्यदूतसमेत बनाएको छ ।


क्लिकमान्डु