काठमाडौं महानगरले घरबहाल कर वापत ११ करोड उठायो




काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ मसान्तसम्ममा ११ करोड रुपैयाँ घरबहाल घर उठाएको छ ।
आर्थिक वर्षभरीमा महानगरले २० करोड रुपैयाँ घरबहाल कर उठाउने लक्ष्य राखेमा हालसम्म ११ करोड २९ लाख रुपैयाँ उठिसकेको महानगरका राजस्व विभाग प्रमुख धुब्र काफ्लेले क्लिमाण्डूलाई जानकारी दिए ।

गत आर्थिक वर्ष ०७२÷०७३ मा महानगरले ११ करोड रुपैयाँ मात्र घरबहाल कर उठेको थियो ।

‘करदातको संख्यामा वृद्धि भएकाले घरबहाल कार असूलीमा वृद्धि भएको हो,’ काफ्लेले भने, – ‘महानगरका कर्मचारीले अन्य कामका लागि आउने सेवाग्रहीलाई घरबहाल कर स्वयम घोषणा गर्न लगाएकाले करदाताको संख्यमा बढेको हो ।’

महानगरपालिकाले व्यक्तिगत संरचनामा घरभाडा स्वरुप २ प्रतिशत र महानगरपालिकाले निर्माण गरेका संरचनाहरु, हाटबजार, अ‍ैलानी जग्गाहरुमा २ देखि २० रुपैयाँसम्म प्रतिवर्ग फिट घरबहाल कर उठाउने गरेको छ ।


क्लिकमान्डु