त्रिशुली जलविद्युत्मा रोजगारीको अवसर



काठमाडौं । त्रिशुली जलविद्युत् कम्पनीले विभिन्न पदका लागि करार सेवामा जागिर खुलाएको छ ।

कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर करारमा ६ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले सिनियर इन्जिनियर आठौं तह सिभिल समुहमा १, इन्जिनियर सातौं तह सिभिल समुहमा ४ र इन्जिनियर सातौं तह इलेक्ट्रिकल समुहमा १ जना माग गरेको छ ।

२५ वर्ष उमेर पूरा गरेका र ५५ वर्ष उमेर पार नगरेका आवेदकले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आवेदन दिई सक्नु पर्नेछ ।

सम्बन्धीत पदहरुको परीक्षाको किसिम छनोट÷प्रक्रिया तथा गर्नुपर्ने कार्यमा थप जानकारीका लागि कम्पनीको वेबसाइट www.tirshulijalvidhyut.com.np  वा कम्पनीको कार्यालय बनस्थली काठमाडौंमा सम्पर्क गर्नु सकिने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु