साढे पाँच करोड रुपैयाँ लगानीको सेन्ट्रल डाइग्नोष्ट्रिक ल्याबरोटरीज संचालनमा



काठमाडौं । कमलपोखरीमा सेन्ट्रल डाइग्नोष्ट्रिक ल्यावरोटरी एन्ड रिसर्च सेन्टरले सेवा शुरु गरेको छ । सेन्टरले विश्व मृगौला दिवसको अवसर पारेर आजबाट सेवा शुरु गरेको हो ।

सेवा शुरु गरेको अवसर पारेर सेन्टरले आजदेखि १० दिनसम्म प्रत्येक दिन एक सय जनालाई निशूल्क मृगौला परिक्षण र प्रिभेन्टिभ परिक्षणमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

साढे पाँच करोड रुपैयाँको लागतमा स्थापना गरिएको सो सेन्टरमा मृगौला परिक्षणका साथै हेमाटोलोजी, सेरोलोजी, माइक्रोबायोलोजी, हर्मन टेष्ट, क्यान्सर मार्कर टेष्टका साथै मलेकुलर डाइग्नोष्टिक (डिएन) परिक्षण गरिने बताइएको छ ।

सेन्टरमा नेपालमा पहिलो पटक कम्प्लिट ल्याव्रेटरी इन्फरमेसन म्यानेजमेन्ट सिष्टिम सहितको विश्वस्तरीय पूर्ण अटोमेसिन ल्याव्रेटरी संचालन रहेको जनाइएको छ ।

सेन्टरले सिडिएल नेपाल नाम मोवाइल एप्स समेत निर्माण गरेको छ । जसबाट घरमै बसेर ल्यावटेष्टका लागि बुकिङ गर्न, रिर्पोट हेर्न र रिपोर्ट पठाउन सक्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु