लगानीकर्ताका लागि उपयुक्त वातावरण कायम गर्न सरकार तयारः वाणिज्य मन्त्री थकाली



काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकालीले नेपाल दक्षिण एशियामा नै सबैभन्दा बढी उदार मुलुक रहेको बताएका छन् ।

भियतनामको हनोइमा भियतनाम सरकार र अतिकम विकसित¸ भूपरिवेष्टत र साना तथा तटीय विकासोन्मुख मुलुकहरुका लागि संयुक्त राष्ट्र संघको उच्चायुक्तको कार्यालयको संयुक्त आयोजनामा भईरहेको युरो एशिया क्षेत्रका लागि पारवहन¸ व्यापार सहजीकरण र दिगो विकासका लक्ष्यमा सहयोग  विषयक उच्चस्तरीय बैठकमा वाणिज्य मन्त्री थकालीले प्रक्रियागत सरलीकरण¸ पारदर्शिता र कार्यकुशलता वृद्धि र पूर्वाधार विकासमा विशेष जोड दिई सुधारका प्रयास भईरहेको बताए ।

उनले नेपालमा आन्तरिक र बाह्य लगानीकर्ताका लागि उपयुक्त वातावरण कायम गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी पनि गराए । तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमता भएका उच्च मूल्य अभिवृद्धियुक्त वस्तु तथा सेवाको निर्यात बढाउन तथा लगानीको वातावरण बनाउन नेपाल सरकारले विशेष जोड दिएको उनको भनार्इ थियो ।

बैठकको सन्दर्भ पारी वाणिज्य मन्त्रीसंग अतिकम विकसित¸ भूपरिवेष्टित र साना तथा तटीय विकासोन्मुख मुलुकहरुका लागि संयुक्त राष्ट्र संघको उच्चायुक्तको कार्यालयका उपमहासचिव ज्ञानचन्द्र आचार्यले भेटवार्ता गरे ।

त्यसैगरी बैठकको सन्दर्भ पारी वाणिज्य मन्त्री गौतमसँग अन्तर्राष्ट्रिय सडक यातायात संघका महासचिव उम्बर्टो डे प्रेट्टोले भेटवार्ता गरेको वाणिज्य मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु