कमल थापाको दल सरकारमा, दुर्इ मन्त्री पायो



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा हेरफेर गरेका छन् । प्रधानमन्त्री दाहालले केहि सदस्यहरु थप गर्दै पुराना केहि अनुहारलार्इ हटाएका छन् ।

सरकारको नयाँ अनुहारमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय मन्त्री हुँदै दाहाल नेतृत्वको सरकारमा जाने भएका छन्। त्यसैगरी सरकारले आज विस्तार गर्न लागेको मन्त्रिपरिषदमा राप्रपाबाट नै पर्यटन मन्त्रीमा दिलनाथ गिरीलाई पठाउने भएको छ।

थापासहित पर्यटन मन्त्री गिरीले आज साँझ साढे ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ ।

हाल स्थानीय विकासमन्त्रीमा हितराज पाण्डे छन्, माओवादीको सिफारिसमा मन्त्री भएका उनलाई फिर्ता बोलार्इएको छ भने नेपाली काग्रेंसको कोटामा  पर्यटन मन्त्री भएका जीवनबहादुर शाहीलाई पनि फिर्ता बोलाउने भएको छ।


क्लिकमान्डु