कतै तपाईँ हकप्रद सेयर भर्न छुट्नु भएको त छैन ?



काठमाडौं । तपाईले नेको इन्स्योरेन्स, कैलाश विकास बैंक र भार्गव विकास बैंकको हकप्रद सेयर भर्नुभयो ? छैन भने भरिहाल्नुहोस् । ढिलो गर्नुभयो भने तपाईँ छुट्न सक्नुहुन्छ ।

यी कम्पनीहरुले अहिले हकप्रद सेयरको बिक्री खुल्ला गरिरहेका छन् ।

तपाईसँग नेको इन्स्योरेन्सको सेयर छ भने तपाईँले जति छ त्यति नै सेयर प्रतिकित्ता १०० रुपैयाँमा भर्न पाउनुहुनेछ ।

इन्सयोरेन्सले फागनु ३ गतेदेखि १ बराबर १ को अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गरेको हो । सो कम्पनीका सेयरधनीले आगामी चैत ७ गतेसम्म हकप्रद सेयर भर्न पाउने निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

त्यसैगरी, तपाईसँग कैलाश विकास बैंकको सेयर छ भने फागुन ६ गतेदेखि चैत १० गतेसम्म हकप्रद भर्न पाउनु हुनेछ । तपाईँसँग बैंकको १०० कित्ता सेयर छ भने थप २० कित्ता हकप्रद सेयर भर्न पाउनुहुनेछ । यो बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ ।

त्यस्तै, तपाईसँग भार्गव विकास बैंकको सेयर छ भने तपाईले फागुन २४ गतेदेखि चैत २८ गतेसम्म हकप्रद सेयर भर्न पाउनु हुनेछ । बैंकले १ बराबर १ अर्थात् १०० प्रतिशत हकप्रद सेयर दिएको हो । यो कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्कध एनएमबि क्यापिटल हो ।


पुष्प दुलाल