ललितपुर मोबाइल कम्प्लेक्सको स्मार्टफोन खरिदमा स्मार्ट टिभी उपहार योजना



काठमाडौं। ललितपुर लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले होली (फागु)को अवसर पारेर उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले यहि फागुन २० गतेदेखि चैत्र १५ गतेसम्म लागूहुने गरि मोबाइल खरिदमा विभिन्न उपहार योजना ल्याएको हो ।

मोबाइल कम्प्लेक्सले होलीको अवसर पारेर होलीको बहार, स्मार्टफोन खरिदमा स्मार्ट टिभी उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत हरेक मोबाइलको खरिदमा न्यूनतम ७ देखि ७० प्रतिशतसम्मको छुट पनि दिईएको जानकारी दिएको छ ।

योजना अवधिमा ललितपुर मोबाइल कम्प्लेक्समा कुनैपनि मोबाइल सेट खरिद गर्ने ग्राहकहरुले लक्की ड्रको माध्यमबाट सामसंगको स्मार्ट टेलिभिजन सेट उपहार प्राप्त गर्न सक्नेछन् । ग्राहकले खरिद गरेको मोबाइलको बिल नम्बरको आधारमा लक्की ड्रमार्फत बिजेताहरुको नाम घोषणा गर्ने बताईएको छ ।

कम्प्लेक्सले होलीको रंगिन खुशीयालीमा नयाँ अफर लागू गरेको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । ‘रंगहरुको उत्सव होलीमा ग्राहकहरुलाई अझ रंगिन बनाउन नयाँ योजना ल्याएका हौं,’ उनले भने ।

मोबाइल कम्प्लेक्समा न्यूनतम ९०० रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेको जनाएको छ ।


क्लिकमान्डु