साउनदेखि व्यापारमा एक्जिम कोड अनिवार्य



काठमाडौं । सरकारले साउनदेखि निर्यात तथा आयात व्यापारमा एक्जिम कोड अनिवार्य गर्ने भएको छ ।

सरकारले सरकारले देशका सम्पूर्ण आयात निर्यातकर्तालाई एक्जिम कोड अनिवार्य रुपमा लिन आग्रह गरेको छ ।

अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले साउन १ देखि एक्जिम कोड अनिवार्य गरिएको बताए । नेपाल समुद्रपार निकासी पैठारी संघको साधरणसभामा सचिव खनालले उद्यमी व्यवसायीका साथै आयात–निर्यातकर्ताको अभिलेख अद्यावधिक गर्न सरकारले आगामी साउन १ गतेदेखि एक्जिम कोड प्रणाली लागु गर्ने जानकारी दिए ।

राजस्वका दायरालाई सुदृढ तुल्याउन तथा कर छल्न खोज्नेलाई निरुत्साहित गर्ने उद्देश्यले सरकारले एग्जिम कोण प्रणालीलाई अनिवार्य गर्न लागेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले एक्जिम कोड लिन सबै आयात निर्यात कर्ता तत्पर रहेका तर बैंक ग्यारान्टीस्वरुप १० लाख तिर्न असमर्थ रहेका भन्दै त्यसलाई घटाउन माग गरे ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दप्रसाद पोखरेलले भूकम्पपछिको पुनःनिर्माणमा सघाउनु उद्योगपति व्यापारीको पनि कतव्र्य भएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व निर्वाहमा पछि नपर्न सबैलाई आग्रह गरे ।

साधारणसभाले हिमबहादुर रावलको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । रासस


क्लिकमान्डु