सामसुङको स्मार्ट टिभीबाट जासुसी, तपाईको गोप्य जानकारी बाहिर आउला



काठमाडौं । तपाई सामसुङको स्मार्ट टिभी किन्ने सुरमा हुनुहुन्छ भने होस गर्नुहोस् । विश्वभरका गोप्य जानकारी बाहिर निकाल्ने कम्पनी विकिलिक्सले सामसुङको स्मार्ट टिभीले जासुसको रुपमा कार्य गरेको तथ्य बाहिर सार्वजनिक गरेको छ ।

विकिलिक्सले सार्वजनिक गरेको सूचना अनुसार अमेरिकाको गुप्तचर एजेन्सी (सिआए) ले गोप्य सूचना हासिल गर्नका लागि निर्माण गरेको प्रोग्राम ‘हुपिङ एन्जल’ जस्तै बताएको छ ।

सामसुङको स्मार्ट टेलिभिजनमा बन्द अवस्थामा पनि कोठा भित्रको गतिविधि संकलन गर्ने डिभाइस पनि जोडिएको विकिलिक्सले जनाएको छ ।

विकिलिक्सले सार्वजनिक गरेको सूचीमा सामसुङ एक्लो कम्पनी हैन । सामसुङको अलवा एप्पल, गुगलमा पनि सिआइएले गोप्य डिभाइस राखेको जनाएको छ ।


क्लिकमान्डु