बिदेशी संस्थागत लगानीकर्ताको साथ चाहियोः गभर्नर डा. नेपालको बिचार
पछिल्ला तथ्याङ्कले नेपाली आर्थिक गतिबिधि प्रगतिको बाटोमा लम्कदै गरेको पुष्टि गर्छ । अर्थतन्त्रको तीन मुख्य क्षेत्रहरु कृषि, उद्योग र सेवा अघिल्लो बर्षको कमजोर प्रर्दशन पछि सहजतातर्फ उन्मुख भएका छन् । यस अपेक्षित सहजताले नेपाली अर्थतन्त्रको प्रतिरोधात्मक क्षमता उत्घाटन गर्छ ।
हाम्रा समग्र आर्थिक सूचकहरु ठिक अवस्थामा छन् । कम मुल्यबृद्धि र सोधनान्तर नाफाले यसको पुष्टि गर्छन् । नेपालसँग तत्कालीन र मध्यकालीन अन्तराष्ट्रिय दायित्व बहन गर्न पुग्ने बिदेशी मुद्रा संचिती छ । अहिलेको समग्र आर्थिक र बित्तीय स्थिति नेपालले चाहेको ठूलो आर्थिक बृद्धिलाई सघाउन सक्ने नै छन् ।
भौगोलिक रुपमा नेपालसँग धेरै संभावना छन् । जलबिद्युत, आइसिटी, सिँचाई, स्वास्थ्य, शिक्षा, उद्योग, सहरी बिकास, पिउने पानी, बिद्युत ट्रान्समिसन, कृषि प्रशोधन, हर्बल उद्योग जस्ता क्षेत्रको को बिकासको लागि प्रचुर संभावना छ । नेपाली बित्तीय क्षेत्र पनि यस्ता क्षेत्रहरुमा ठूलो लगानी गर्न सक्ने अबस्थामा छ ।
हाम्रो राष्ट्रिय इच्छा र अन्तराष्ट्रिय प्रतिबद्धता सन् २०२२ सम्म अति कम बिकसित राष्ट्रबाट ग्राजुएट हुने र सन् २०३० सम्म मध्यआय मुलुक बन्ने छ । यसका लागि बित्तीय संस्थाहरुको भूमिका र बैकल्पिक लगानी महत्वपूर्ण छ, जसले मुलुकको आर्थिक अवस्था उकास्नुको साथै लगानीको माध्यमले पैसाको लागि मुल्य सृजना गर्न सक्छ ।
चालु १४ औं बिकास योजनाले लागानी आवश्यकताको ब्यवस्थापनको लागि निजी क्षेत्रलाई ठूलो प्राथमिकतामा राखेको छ । २४ खर्ब २५ अर्ब रुपैंयाँ कुल लगानी आवश्यकतामा करिब ५५ प्रतिशत लगानी निजी क्षेत्रबाट आशा गरिएको छ ।
नेपालको बित्तीय प्रणालीमा रहेको स्रोत आवश्यक पूर्वाधार योजनाको लागि चाहिने चालु पूँजीको लागि पर्याप्त छ । तर, ठूला आयोजना कार्यान्वयन गर्न लागि भने बैदेशिक लगानीको पनि आवश्यकता छ ।
चालु १४ औं बिकास योजनाले लागानी आवश्यकताको ब्यवस्थापनको लागि निजी क्षेत्रलाई ठूलो प्राथमिकतामा राखेको छ । २४ खर्ब २५ अर्ब रुपैंयाँ कुल लगानी आवश्यकतामा करिब ५५ प्रतिशत लगानी निजी क्षेत्रबाट आशा गरिएको छ ।
नेपालमा १ खर्ब १४ अर्ब रुपैंयाँ बैदेशिक लगानी (जिडिपीको ५.१ प्रतिशत) रहेको छ । यो मुलत उर्जा, उत्पादनमुलक, सेवा, पर्यटन, बित्तीय सेवा, खनिज आदिमा केन्द्रित छ ।
नेपालले उदार लगानी नीति अबलम्बन गरेको छ । लगानी मैत्री बातावरणको आवश्यकता देशैभरि महशुस गरिएको छ । हालै आएका प्रतिबद्धताहरुले नेपालमा लगानीको ठूलो आर्कषण रहेको पुष्टि गर्छ । हाल नेपालमा १ खर्ब १४ अर्ब रुपैंयाँ बैदेशिक लगानी (जिडिपीको ५.१ प्रतिशत) रहेको छ । यो मुलत उर्जा, उत्पादनमुलक, सेवा, पर्यटन, बित्तीय सेवा, खनिज आदिमा केन्द्रित छ ।
नेपालले फ्रान्स, जर्मनी, मौरिसस, फिनल्याण्ड, भारतसँग ‘बिप्पा’ सम्झौता गरको छ । यी देशहरुबाट आएका लगानीले कुल बैदेशिक लगानीको ५० प्रतिशत ओगट्छन् ।
लगानी र बिदेशी विनिमय ऐनका सन्दर्भमा कानुनी सुधारहरु भैरहेका छन् । यसले बैदेशिक लगानीको लागि बाटो खोल्नेछ । सार्वजनिक खरिद ऐन भर्खरै संसोधन गरिएको छ । नयाँ श्रम ऐन छलफलमा छ । पिपिपि ऐनको पनि तयारी गरिरहेका छौं । नेपाल राष्ट्र बैंकले बिदेशी मुद्रा सटहीमा लगानीकर्ताको सुबिधाका लागि सघाइरहेको छ । यी सुधारहरुले नेपालमा लगानीमैत्री बातावरणको निमार्णमा सघाइरहेका छन् ।
चुक्ता पूँजीको बृद्धिले पूर्वाधार लगानीमा ठूलो मद्दत पु¥याउँछ । बैंकिङ क्षेत्र अहिले सुदृढिकरणको चरणमा छ । र, आफुलाई ठूला पूर्वाधारहरुमा लगानी गर्नको लागि तयार पार्दैछ ।
सन् १९८० देखि अवलम्बन गरिएको खुला अर्थनीतिका कारण बित्तीय संस्थाहरुको संख्यामा ठूलो बढोत्तरी भएको छ । २८ वटा बाणिज्य बैंकहरु मध्ये ७ वटा ‘जोइन्ट भेन्चर’ बैंकहरु छन् । यसले नेपालको नीतिगत ब्यवस्थाप्रति बिदेशी लगानीकर्ताहरु बिश्वस्त रहेको पुष्टि गर्छ ।
नेपालको बित्तीय प्रणाली चुस्त र ब्यवस्थित छ । कम खराब कर्जा र ब्यापक शाखा संजालका अलावा चुक्ता पूँजीको बृद्धिले पूर्वाधार लगानीमा ठूलो मद्दत पु¥याउँछ । बैंकिङ क्षेत्र अहिले सुदृढिकरणको चरणमा छ । र, आफुलाई ठूला पूर्वाधारहरुमा लगानी गर्नको लागि तयार पार्दैछ ।
साथै, पूर्वाधार बिकासको लागि हामी आधारभुत काम गर्दैछौं । पूर्वाधार बिकास बैंकको स्थापनाको लागि कानुनी संरचना तयार भएको छ । बाफियामा राष्ट्रपतिले लालमोहर लाएपछि बैंकको कामले तिब्रता पाउँछ । पूर्वाधार बिकास बैंकको प्रावधानले पनि निजी क्षेत्रलाई राष्ट्र निमार्णमा लाग्न प्रेरित गर्छ ।
हाम्रा बित्तीय नीतिहरु वास्तविक आर्थिक मुल्य सृजना गर्न, दीगो बिकासको प्रर्बधन गर्न र दीर्घकालिन उत्पादकत्व बृद्धि गर्न केन्द्रित छन् । राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई घटिमा १ प्रतिशत स्रोत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यात्मक प्राबधान गरेको छ । जसको कम्तिमा पनि १५ प्रतिशत कृषि र उर्जा क्षेत्रमा प्रवाह हुनुपर्छ ।
नेपालले उच्च दीगो आर्थिक बृद्धिका लागि अझै धेरै साधन स्रोतको परिचालन गर्नु जरुरी छ । हामीले तयार गरेका संस्थागत संरचना र नीतिगत प्राबधानहरुले लगानीमैत्री बातावरणको निर्माण गरि लगानीकर्ता आकर्षित गर्नेछ । म खुला हृदयका साथ निजी क्षेत्र र बिदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि स्वागत गर्न चाहन्छु ।
नेपालले संस्थागत लगानीकर्ताका लागि बैंकिङ प्रणाली बाहेकका च्यानलहरुबाट पनि स्रोत परिचालन गर्न सक्ने ब्यवस्था गरेको छ । गैर बैंकिङ संस्थाहरु, नागरिक लगानी कोष, कर्मचारी संचय कोष र बीमा कम्पनीहरुले लगानी गरेका ५ खर्ब रुपैंयाँले नेपालका संस्थागत लगानीकर्ताको लगानी क्षमता उजागर गर्छ । तर, यसमा बिदेशी संस्थागत लगानीकर्ताको पनि साथ चाहिन्छ ।
हाम्रो पूँजी बजार अहिले बिकासको क्रममै छ । तर, साना लगानीकर्ताको बजारप्रतिको रुचीले यसको भबिष्य उज्वल रहेको देखाउँछ । यद्यपि बैदेशिक लगानीले पूँजी बजारलाई अझ बिस्तारित र बिकसित गर्न सक्छ ।
नेपालले उच्च दीगो आर्थिक बृद्धिका लागि अझै धेरै साधन स्रोतको परिचालन गर्नु जरुरी छ । हामीले तयार गरेका संस्थागत संरचना र नीतिगत प्राबधानहरुले लगानीमैत्री बातावरणको निर्माण गरि लगानीकर्ता आकर्षित गर्नेछ । म खुला हृदयका साथ निजी क्षेत्र र बिदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि स्वागत गर्न चाहन्छु । यसले नेपालको आर्थिक बिकासका सहयोग पु¥याउनुका साथै लगानीकर्ताले पनि आफ्नो लगानीबाट राम्रो नाफा कमाउन सघाउँछ ।
नेपाल राष्ट्र बैंक स्वदेशी र बैदेशिक लगानी दुवैका लागि संस्थागत र प्रक्रियागत काममा सघाउन प्रतिबद्ध छ ।
(नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले हालैसम्पन्न लगानी सम्मेलनको ‘बित्तीय संस्था/बैकल्पिक लगानीः पैसाको लागि मुल्य सृजना’ सेसनमा ब्यक्त गरेको धारणामा आधारित ।)