नोकिया ३३१० को प्रिमियम हेडसेट, मूल्य १ लाख ८७ हजार रुपैयाँ



काठमाडौं । नोकिया ३३१० पछिल्लो दिनमा निकै चर्चामा आएको मोबाइल फोन हो । हालै सम्पन्न भएको मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले आफ्नो चर्चित मोडल ३३१० पुन नयाँ डिजाइनमा सार्वजनिक गर्यो । जसको मूल्य करिब ५० यूरो पर्दछ ।

नोकियाको यो फोनले फेरी बजारमा आफ्नो चर्चालाई बढाएको छ । १ हजार ७ सय अमेरिकी डलर अर्थात करिब १ लाख ८७ हजार नेपाली रुपैयाँ पर्ने नोकिया ३३१० आएको छ ।

यो कुनै सामान्य किसिमको हेडसेट होइन् । रसियाको कम्पनी क्याभिएरले बनाएको नोकिया ३३१० को प्रिमियम भेरिएन्टको डिजाइन भएको हेडसेट हो, जसमा गोल्ड तथा टाइटानियमको प्रयोग गरिएको छ । अझ महत्वपूर्ण विषय भनेको यसको पछाडिको भागमा रुसका राष्ट्रपति भ्लादमीर पुटिनको चित्र बनाईएको छ । यसका साथै रसियाको राष्ट्रिय गानको एउटा पंक्ति पनि लेखिएको छ ।

नोकियाको यो निकै महंगो र प्रिमियम सेटको नाम नोकिया ३३१० सूप्रिमो पुटिन नाम राखिएको छ ।

यो हेडसेटको होम बटनमा रसियाको फेडेरेशनको कोट अफ आर्म बनार्इएको छ ।


क्लिकमान्डु